Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 31, 2023 समाज

चार लाख भारुसहित एक जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ १४, काठमाडौँ | </b>स्रोत नखुलेको चार लाख ७४ हजार पाँच सय भारुसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा रहेका छन् ।&nbsp;<br></p><p>विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको पैसा र लागुऔषधसहित पक्राउ गरेको हो ।&nbsp;</p><p>उनको साथबाट सुपर पावर नामक सुर्तीको कभरमा लुकाई छिपाइ राखेको दुई ग्राम १९० मिलिग्राम लागुऔषध र कार्टुनमा लुकाएर राखेको रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । तिरुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको उहाँले बताउनुभयो ।&nbsp;</p>