Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 5, 2023 समाज

नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‌बाट स्वीकृत

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, काठमाडौँ | भारतले नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको थियो । नेपालमा हाल १० आयोजनाको ४५० मेगावाटभन्दा धेरै विद्युत विद्युत प्राधिकरणले विक्री गर्न सकेको छैन ।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आज बिहान सामाजिक सञ्जालमा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन्। यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ ।

नेपालले अहिले बर्खामा भारतलाई विद्युत विक्री गरिरहेको छ भने हिउँदमा भरतसँग विद्युत किनिरहेको छ । नेपालमा हाल अरुण, पश्चिम सेती र बुढिगण्डकी लगायतक ठूला विद्युत आयोजनाहरु निर्माणदेखि डिपीआरको चरणमा रहेका छन् ।