पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २७, काठमाडौँ | </b>६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो । <br></p><p>ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।</p>

