Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 20, 2023 समाज

विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिंदै धनगढी उपमहानगरपालिका

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ३, कैलाली | कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई आफन्तको मृत्युपछि गरिने दाहसंस्कार खर्च दिन सुरु गरेको छ ।

आफन्तको मृत्युपछि गरिने दाहसंस्कारका लागि विपन्न पीडित परिवारलाई ५ हजार रुपैयाँ खर्च दिन सुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका-७ का स्थानीय ७६ वर्षीय छङ्‍गा रानाको अन्तिम संस्कारका लागि मेयर ले नगर प्रहरीमार्फत ५ हजार रुपैयाँ रानाको परिवारलाई उपलब्ध गराएका छन् ।

दाहसंस्कार वापत उपमहानगरपालिकाले पहिलो पटक आर्थिक सहयोग घोषणा गरेको हो । दाहसंस्कार अगाडि नै १८१०५००००९० टोल फ्री नम्बरमा फोन गरेर सहयोग मागे उपलब्ध गराउने हमालले बताएका छन् ।