सुनचाँदीको मूल्य बढ्यो

साझासवाल
0 Min Read

काठमाडौँ | नेपाली बजारमा आज अर्थात आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ३ हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ४७५ रुपैयाँ निर्धारण भएको छ ।