पढ्न करिब 1 मिनेट लाग्छ

असोज ११, भरतपुर | पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा आएका उनीहरु देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको टोली खटिएको थियो ।

बेपत्ता भएका दुवै युवकको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।