Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 1, 2023 समाज

चाडपर्वको मुखमा मूल्य बढाउँदा जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको: बाबुराम भट्टराई

By साझासवाल 3 मिनेट पढाइ

असोज १४, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असंवेदनशील बनेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘हिजो जनताको घरदैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही बर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन् ?’

उनले चौतर्फी मन्दीले अहिले प्रमुख चाडबाडको मुखमा गाउँशहर कतै उत्साह नभएको बताए।

‘लालबालालाई नानाखाना जुटाउन धौधौ छ। बेरोकटोक महंगी छ ढुवानी र यातायात भाडाको चर्को मार छ यस्तो बेला सबैतिर महककगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको ? उनले भनेका छन्, ‘दशैं/तिहार/छठ लगायतका विभिन्न समुदायका प्रमुख चाडपर्वको मुखमा जुनसुकै वहानामा भए पनि इन्धनको मूल्य बढाउँदा सबैतिर महँगी झन् बढ्छ र जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको ?’

आयातमा भर पर्ने इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्ने वित्तिकै बढाउनैपर्ने तर्क गर्नेहरूले कमसेकम चाडबाड र बढी खपत हुने समयमा बेलैमा पर्याप्त संचय गर्ने, आयल निगमको अनावश्यक खर्च कटाउने, बोनस लगायतका नाउँमा सार्वजनिक आम्दानीको दोहन नगर्ने, विशिष्ठ अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आम जनतालाई सिधै मर्का पर्ने र सबैतिर मूल्यवृद्धि गराउने इन्धनमा राहत अनुदान दिने आदि व्यवस्था गर्न माग गरेका छन्।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।