२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनमोलले भने- स्क्रिप्ट मन नपरेर फिल्म नखेलेको हो, १० लाख फिर्ता लैजानूस् भन्दा उहाँहरुले मान्नुभएन

२०८०, १४ आश्विन आईतवार ०९:४३

असोज १४, काठमाडौँ | फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन् ।

प्रहरीसँगको सोधपुछमा अनमोलले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको समेत बताए । ‘निर्माताले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो । मैले फिर्ता लैजानूसभन्दा पनि उहाँहरुले मान्नुभएन’ अनमोलको भनाई उध्दृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

ती अधिकृतका अनुसार निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ दाबी गरेको छ । उसले प्राविधिक लगायतका अन्य पक्षमा उक्त रकम खर्च भैसकेको जनाएको छ । ‘दुई पक्षबीच सम्झौता पत्र पनि देखिएको छैन’ ती अधिकृतले भने ।

सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध आपराधिक विश्वासघातको उजुरी दर्ता गराएकी थिइन् । जसअनुसार प्रहरीले शुक्रबार साँगाबाट अनमोललाई पक्राउ गरेको थियो । सोही दिन राती छातीमा समस्या आएको भन्दै अनमोल महाराजगंजस्थित चिरायू अस्पतालमा भर्ना भएका थिए ।

शुक्रबार पक्राउ परेका अनमोललाई प्रहरीले चिरायु अस्पतालबाट आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा लगेको थियो । अनमोललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार