Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 4, 2023 समाज

हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १७, मकवानपुर | गए राति परेको वर्षासँगै आएको पहिरोका कारण  हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट अवरुद्ध भएका छन् ।

पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

दुवै सडकखण्डमा गएको पहिरो आज दिउँसो सम्ममा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।