Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 18, 2023 समाज

लमजुङमा चट्याङ लागेर १८ भेडाबाख्रा मरे

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक १, काठमाडौँ | लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, को दिले पाखा खर्कमा चट्याङ पर्दा १८ वटा भेडाबाख्रा मरेका छन् । वडा नं. ५ छिचुका धनराज घलेको १० वटा भेडा र ३ वटा बाख्रा साथै न्युरीका मंगलराशी गुरुङको ३ वटा बाख्रा र २ वटा भेडा मरेको वडाअध्यक्ष घनश्याम घलेले बताए ।

यस्तै, वडा नं. ५ सञ्जापूका योबहादुर घलेको सञ्जापू र बडालबिसौनाको सीमा क्षेत्र खाजे चौतारानजिकै गोठमा बाँधेर राखिएको गर्भिणी भैंसी तर्सिएर भाग्दा भिरबाट खसेर मरेको छ ।

लेकमा रहेको भेडाबाख्रा मर्दा करिब ४ लाख रुपैयाँ र गर्भिणी भैंसी मर्दा करिब ९० हजार रुपैयाँ किसानलाई घाटा लागेको वडाअध्यक्ष घलेले बताए ।

मंगलबार बिहानीपख १ बजेतिर वर्षासंगै चट्याङ पर्दा चौपायमा क्षति भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए । मानवीय क्षति नभए पनि चट्याङका कारण भेडीगोठाला धनराज घले बेहोस भएको र पछि उनका छोरा थगिन्द्रले बोलाएको बोलाए गरेपछि बिउँझिएको वडाअध्यक्ष घलेले बताए ।

सोमबार राति ठूलो पानी परेपछि चौरमा रहेका भेडाबाख्रा ओत खोज्दै रुखमुनी गएर बसेको समयमा चट्याङ परेको गोठालालाई उद्दृत गर्दै वडाअध्यक्ष घलेले बताए । गोठ रहेको ठाउँ मानवबस्ती सबैभन्दा नजिक न्युरीबाट पर्ने र न्युरीबाट गोठ उकालो ३ घण्टा टाढाको दूरीमा रहेको घलेले बताए ।