Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 1, 2023 समाज

युट्युबमा रिलिज भयो ‘कबड्डी ४’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक १५, काठमाडौँ | सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको फिल्म 'कबड्डी ४' युट्युबमा रिलिज भएको छ।

मंगलबार निर्माण कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलमार्फत फिल्म रिलिज गरेको हो। यो फिल्म हलमा जेठ १३ गतेदेखि प्रदर्शन भएको थियो। फिल्मले सफलताका साथ हलमा ५१ औं दिन मनाएको थियो।

चलचित्र विकास बोर्डका अनुसार फिल्मले बक्स अफिसमा २२ करोड रूपैयाँ कमाइ गरेको थियो। फिल्मले नेपालमा मात्र नभई विदेशी बजारमा पनि राम्रो प्रदर्शन गरेको थियो।

समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरूना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।