Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 8, 2023 समाज

पाल्पामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २२, पाल्पा | पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

पाल्पाको  निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी आलेको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनामा पाल्पाको  निस्दि  गाउँपालिका वार्ड ७ की २५ वर्षकी हिमाली आले, चालक मकवानपुर जिल्ला मनोहरी  गाउँपालिका ९ बस्ने २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौँडा नगरपालिका ९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि नवलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।