Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 21, 2023 समाज

उत्तराखण्डमा नौ दिनदेखि सुरुङभित्र फसेका कामदार भिडियोमा देखिए, खाना पठाइयो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, काठमाडौँ | भारतको उत्तराखण्डमा नौ दिनदेखि एउटा सुरुङमा फसेका ४१ कामदार पहिलोपटक भिडियोमा देखिएका छन् । सुरुङमा ‘ड्रिल’ गरिएको नयाँ पाइपबाट एन्डोस्कोपिक क्यामेरा प्रयोग गरेर सोमबार उक्त भिडियो खिचिएको हो ।

ती कामदार सुरुङभित्र फसेयता उद्धारकर्ताले पाइपबाटै पहिलोपटक तातो ताजा खाना पठाएका छन् । उनीहरूले यसअघि साँघुरो पाइपबाट पठाइएको खाजा खाइरहेका थिए ।

उत्तरकाशी जिल्लामा निर्माणाधीन सुरुङमार्गमा नोभेम्बर १२ मा पहिरो खसेपछि उनीहरू त्यहाँ अड्किएका हुन् । सोमबार साँझ उद्धारकर्ता सुरुङभित्र ६ इन्च खुकुलो पाइप धकेल्न सफल भएका थिए ।

अब सुरुङभित्र कामदारलाई अक्सिजन, खाना, औषधि, मोबाइल फोन र चार्जरलगायत सामग्री पठाउन सजिलो हुने बताइएको छ ।

मंगलबार उद्धारकार्य दशौँ दिनमा पुगेको छ । उद्धारकर्ताले ९०० मिलिमिटरको पाइप छिर्न सक्ने चौडाइ बनाएर उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

अतिरिक्त उद्धारमार्गका रूपमा थप दुई सुरुङ खन्ने प्रयास पनि भइरहेको बताइएको छ । बीबीसीबाट ।

सिलक्यारा, उत्तरकाशी में निर्माणाधीन सुरंग के अंदर फँसे श्रमिकों से पहली बार एंडोस्कोपिक फ्लेक्सी कैमरे के माध्यम से बातचीत कर उनका कुशलक्षेम पूछा गया। सभी श्रमिक बंधु पूरी तरह सुरक्षित हैं। pic.twitter.com/vcr28EHx8g
— Pushkar Singh Dhami (@pushkardhami) November 21, 2023