२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनविद्रोहलाई दबाउन सरकारकाे पनि समर्थन देखियो : दुर्गा प्रसाईं

२०८०, ६ मंसिर बुधबार ०९:०३

मङ्सिर ६, काठमाडौँ | गणतन्त्र विरोध अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाईंले आफ्ना पीडा र वेदनाहरू सुनाउने तथा सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौँ आउँदै गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूसमेत भइरहेको आरोप लगाएका छन् ।

प्रसाईंले बुधबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नेतृत्वमा विभिन्न राष्ट्रवादी राननैतीक पार्टी, विभिन्न धार्मिक, पेशागत तथा सामाजिक संघ संस्था र नागरिक समाजका साथै आम राष्ट्रप्रेमी नागरिकहरुको स्वःस्फूर्त सहभागीतामा विद्यमान शासन व्यवस्था, भ्रष्टाचार, तस्करी र माफीयातन्त्रका विरुद्ध संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तवरले भेला हुन आएका दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, केही आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्त्वहरूलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा विस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी धम्क्याउँदै आक्रमण गरेर रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको त यहाँहरू सबैलाई सर्वविदितै छ ।

एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा भोलिको जनविद्रोहलाई दबाउन जस्तोसुकै पनि अमानवीय कार्य गर्न सक्ने आरोप छ ।

हाल भइरहेका आक्रमण र अमानवीय कार्यका साथै भोलिदेखि हुने हरेक घटनाहरूको प्रत्यक्ष अनुगमन र निगरानी गरी विश्व जगतलाई सत्यतथ्य जानकारी गराइदिनुहुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग, नेपालस्थित वैदेशिक कूटनीतिक नियोग, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय