२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टिकटकको मुद्दामा सर्वोच्चको टिप्पणी: कसैलाई अपूरणीय क्षति पुग्ने देखिएन(पूर्णपाठ)

२०८०, ७ मंसिर बिहीबार १२:०६

मङ्सिर ७, काठमाडौँ | सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश जारी नगर्नुको कारण यो बन्देजले हाल कसैलाई अपूरणनीय क्षति नपुगेको भनी व्याख्या गरेको छ।

मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश मात्र जारी गरेको थियो। निवेदकहरुले सरकारको प्रतिबन्ध गैर संवैधानिक भन्दै अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णयमा रोक लगाउनुपर्ने माग गरेका थिए।

तर सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र उक्त विषयमा निर्णय हुनुपर्ने र त्यस अवधिसम्म टिकटकलाई प्रतिबन्ध लगाउँदा कसैलाई पनि क्षति नहुने टिप्पणी गरेको हो। कुनै विषयमा अन्तरिम आदेश जारी नभएमा ठूलै क्षति हुने भएमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने गरेको छ।

सर्वोच्चले अर्को सुनुवाइ मंसिर १९ गते तोकिएको छ। उक्त दिन सरकारले लिखित जवाफसहित दुई न्यायाधीशको इजलासमा टिकटक बन्दको बचाउ गर्ने छ। निवेदक र सरकारी पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेशबारे निर्णय सुनाउने छ।

‘माथि उल्लेखितमध्ये सार्वजनिक सरोकारको विषय तथा व्यक्तिगत सरोकार दर्साउँदै दायर भएका रिट निवेदनहरूमा अन्तरिम आदेशसमेत माग भएतर्फ हेर्दा, जुन टिकटक प्लेटफर्म सञ्चालनमा रोक लगाउने सम्बन्धी नेपाल सरकारको निर्णय हाल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश माग गरिएको हो,’ आदेशमा भनिएको छ, ‘उक्त प्लेटफर्म नेपाल कानुन बमोजिम निर्माण/सञ्चालन/प्रवर्द्धन एवं व्यवस्थापन नभए पनि उक्त प्लेटफर्मलाई नेपाली नागरिकहरू समेतले प्रयोगमा ल्याएको कारण संविधानद्वारा प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, रोजगारीको हक समेतसँग सम्बन्धित भई सार्वजनिक सरोकारको विषय समावेश भएको  देखियो।’

प्रयोगकर्ताको हैसियत दर्साइ दायर भएका रिट निवेदन पत्रहरूमा उठाइएका विषय तथा सो प्लेटफर्मको वैधानिकता, नेपाल कानुनको दायरा, परिपालना, नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भई अन्तिम सुनुवाइ हुँदाका बखत नै टुङ्गो लाग्ने आदेशमा भनिएको छ।

‘अन्तरिम आदेश जारी नभएमा निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधारसमेत देखिएन,’ आदेशमा भनिएको छ, ‘निवेदकहरूको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन।’ अब उक्त रिटमाथि आगामी मंसिर १९ गते पूर्ण सुनुवाइ हुनेछ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १२ रिट परेका थिए। टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भएको थियो।

आदेशको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय