पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २५, काठमाडौँ | कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतमा नगद भेटिएको उक्त रकम अहिलेसम्मकै धेरै हो।

झारखण्डका राज्य सभा सांसद धीरज साहुको परिवारको कम्पनीमा उक्त रकम भेटिएको हो। अहिलेसम्म साहु यस विषयमा बोलेका छैनन्।

कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो। पाँच दिनअघिदेखि जाँच सुरु भएको थियो।

आयकर विभागका कर्मचारीहरुले मात्रै रकम गणना गर्न नसकेपछि विभिन्न बैंकबाट ८० जना मगाइएको थियो। पाच दिन २४ सै घन्टा गणना गरेपछि सकिएको हो।