Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 13, 2023 समाज

लोकसेवाले खुलायो शाखा अधिकृतको विज्ञापन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २७, काठमाडौँ | लोकसेवा आयोगले शाखा अधिकृत पदको विज्ञापन खुलाएको छ। बुधबार आयोगले एकैपटक तीन सय ८१ शाखा अधिकृत (अप्राविधिक) पदको विज्ञापन खुलाएकाे हाे।

आयोगले बुधबार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ एक सय ६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानव अधिकार सेवाका लागि दुईजनाको यस्तो बढुवा हुनेछ।

आयोगले दुई सय ७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ।

निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा दुई सय तीनजना, न्याय सेवा (न्याय, कानुन र सरकारी वकिल समूह)तर्फ ६८ जना र मानव अधिकार सेवातर्फ दुईजना अधिकृत माग गरेको हो। १७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ।