Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 13, 2023 समाज

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर २७, काठमाडौँ | </b>अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । १ सय ७० ग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक ५० वर्षीय जितेन्द्र मूलचन्द बाबालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।&nbsp;<br></p><p>एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौँ आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औँठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।&nbsp;</p>