Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 14, 2023 समाज

सुन तस्करी आरोपमा त्रिभुवन विमानस्थलका ३ कार्यालय सहयोगी पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २८, काठमाडौँ | सुन तस्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म तीन जना कार्यालय सहयोगी पक्राउ परेका छन् । बुधबार साँझ कार्यालय सहयोगी सुशीला पाण्डे पक्राउ परेकी थिइन् । त्यसअघि अन्य दुईजना कार्यालय सहयोग पनि पक्राउ परेका थिए ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले सुन तस्करलाई सघाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनका अनुसार पहिले नै दुई जना पक्राउ परेका थिए । त्यसकै आधारमा बुधबार थप एक जनालाई पनि नियन्त्रणमा लिइएको हो ।

विदेशबाट आएका यात्रुले तस्करीको सुन व्यवस्थापनका लागि विमानस्थलका कर्मचारी मार्फत् गन्तव्यसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसकै आधारमा विमानस्थलको आगमन कक्षमा खटिएका कर्मचारीहरुमाथि निगरानी गरिएको हो ।

मंसिर २१ गते १४ किलो सुन बोकेर दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घलेले सुन फोहोर फाल्ने भाँडोमा राख्ने र त्यो सुन कार्यालय सहयोगी मार्फत् बाहिर लैजाने योजना रहेको खुलेको थियो ।त्यसको अनुसन्धानका लागि विमानस्थल भन्सारले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना, शाखा अधिकृत मञ्जु थापा सम्मितिल छानबिन समिति गठन गरेको थियो । समितिलाई ५ दिनको समय दिएर प्रतिवेदन बुझाउन भनिएको थियो ।