पढ्न करिब 1 मिनेट लाग्छ

पुस २, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । दशरथ रंगशालामा त्रिविका करिब साढे १२ हजार विद्यारथी दीक्षित हुँदैछन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि छन् ।

काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम छ । ठाउँठाउँबाट सवारी डाइभर्ट गरिएकोले यात्रुले चढ्न र ओर्लन सास्ती व्यहोरेका छन् ।