By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सन्दीपका वकिलको ४० पेजको बहस नोट- गौशाला २६ बालिग पुष्टि हुने ११ डकुमेन्ट
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > सन्दीपका वकिलको ४० पेजको बहस नोट- गौशाला २६ बालिग पुष्टि हुने ११ डकुमेन्ट
समाज

सन्दीपका वकिलको ४० पेजको बहस नोट- गौशाला २६ बालिग पुष्टि हुने ११ डकुमेन्ट

साझासवाल
Last updated: December 19, 2023 9:32 am
साझासवाल
4 Min Read
Share

पुस ३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ ।

जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्यायाधीश केदारप्रसाद घिमिरेले एक महिनाभित्र (मंसिर २२ सम्म) बहस नोट बुझाउन आदेश दिएका थिए । धेरै कानून व्यवसायीहरुले नाम लेखाएको मुद्दामा बहसलाई बरालिन नदिन र चाँडो फैसला गर्न बहस नोट माग्ने प्रचलन छ ।

अदालको आदेशअनुसार जाहेरीकर्ता गौशला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् । सन्दीपका वकिलहरुले बुझाएको बहस नोट भने ४० पेज लामो रहेको स्रोतले बतायो ।

अदालत स्रोतका अनुसार दुवै पक्षको बहस नोटमा गौशला २६ को उमेरलाई सर्वाधिक महत्व दिइएको छ । सरकारी पक्षले सन्दीपसँग भेट हुँदा गौशाला २६ नाबालिग रहेको दाबी गरेको छ भने सन्दीप पक्षले १८ वर्ष कटिसकेको दाबी गरेको छ । बादी पक्षको तुलनामा सन्दीप पक्षका वकिलका कागजातहरु अकाट्य र विश्वसनीय देखिएको अदालत स्रोतले बताएको छ ।

सन्दीपका वकिलहरुले गौशाला २६ का ११ वटा दस्तावेज बहस नोटमा राखेका छन्, जसले उनी नाबालिग नरहेको प्रमाणित हुन्छ । गौशाला जन्मेको अस्पतालले दिएको प्रमाणपत्र र उनको पहिलो जन्मदर्ता सबैभन्दा बलिया प्रमाण हुन् । दुवै दस्तावेजमा गौशालाको जन्ममिति २०६२ साल उल्लेख छ । अस्पतालले दिएको बर्थ सर्टिफिकेटभन्दा एक महिना उमेर फरक पारेर गौशालाले पहिलो जन्मदर्ता निकालेकी छन् । अस्पतालको कागजमा उनको जन्ममिति २०६१/०२/१८ र पहिलो जन्मदर्तामा उनको जन्ममिति २०६१/०३/१८ उल्लेख छ । गौशालाको बसाइसराइ र विद्यालयका प्रारम्भिक डकुमेन्टमा २०६१/०३/१८ नै उल्लेख छ ।

गौशालाले पछि बनाएका कागजातहरुमा चाहिँ उमेर एक वर्ष घटाएकी छन् । उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२/०३/१८ उल्लेख छ । यो जन्मदर्ता वादी पक्षका वकिलहरुले अदालतमा पेश गरेका छन् । यही जन्मदर्ताका आधारमा बनाइएको नागरिकता पनि उनीहरुले बहस नोटसँग समावेश गरेका छन् ।

तर, उनीहरुको पोल कहाँनेर खुलेको छ भने दोस्रो जन्मदर्तामा पनि पहिलो जन्मदर्ताकै रजिस्ट्रेसन नम्बर उल्लेख छ । यस्तोमा अदालतले सबैभन्दा पहिले बनाएको जन्मदर्तालाई आधिकारिक मान्छ । दोस्रो जन्मदर्तामा उमेर सच्याइएको र त्यसै आधारमा नागरिकता बनेकाले दुवै डकुमेन्ट ‘गलत’ ठहरिन सक्ने अदालत स्रोत बताउँछ । गौशालाले दोस्रो जन्मदर्ता र नागरिकता सन्दीपसँग भेट हुनुभन्दा केही अगाडि मात्र निकालेकी हुन् ।

जन्मदर्ताको विषयलाई सम्वन्धित वडा कार्यालयले पनि स्पष्ट बनाइसकेको छ । अदालतबाट माग भएअनुसार वडा सचिवले अदालतलाई चिठी लेख्दै आधिकारिक जन्ममिति २०६१/०२/१८ नै रहेको प्रमाणित गरिदिएका हुन् । यसले गौशालाको उमेर सन्दीपसँग भेट हुँदाको बखत १८ वर्ष नाघिसकेको ठहरिन्छ ।

सन्दीप पक्षले पेश गरेको अर्को बलियो प्रमाण भनेको एउटा च्याटको स्क्रिनसट पनि हो । उनले एक जना केटा साथीसँग च्याट गर्ने क्रममा आफ्नो वास्तविक उमेर आफैंले खोलेकी थिइन् । स्रोतका अनुसार उनीहरुबीच ज्योतिषलाई भविष्य हेराउने विषयमा कुराकानी भएको थियो । केटा साथीले गौशाला २६ सँग उनको जन्ममिति सोधेका छन् । गौशालाले २०६१/०२/१८ लेखेकी छन् । उनले लेखेको यो जन्ममिति वीरगञ्जको अस्पतालले दिएको बर्थ सर्टिफिकेटसँग मेल खान्छ । यो च्याटको स्क्रिनसट पनि सन्दीपका वकिलले बहस नोटसँगै समावेश गरेका छन् ।

सन्दीपको मुद्दामा अब ८ गतेलाई पेशी तोकिएको छ । अघिल्लोपटक तोकिएको पेशी वकिलहरु उपलब्ध नभएका कारण स्थगित भएको थियो । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट फैसला गर्न आदेश दिएको भए पनि यो मुद्दा विभिन्न कारण देखाउँदै लगातार धकेलिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित
Next Article प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

लाङ्टाङमा छ मानव कङ्काल फेला, डिएनए परीक्षणका लागि काठमाडौँ पठाइयो

57 years ago

एकिकृत अखिल नेपाल शिक्षक संगठन सम्मेलनको तयारीमा

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौं महानगरभित्र रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने

57 years ago

टीकापुरमा भारतीय नागरिकको हत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?