Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 20, 2023 समाज

विमानस्थलका कर्मचारीले बुझ्थे सुन तस्करी गरेबापत एक लाख ६० हजार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुष ४, काठमाडौँ | भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन्।

घले र गुरुङबाहेक सबै विमानस्थलका कर्मचारी हुन्। जसमध्ये पाण्डे, चेपाङ र ओझा सरसफाइ कर्मचारी हुन्। बस्नेत र श्रेष्ठ क्रमशः प्लम्बर र एसी प्राविधिक हुन्। तामाङ, देउला र श्रेष्ठ ज्यालादारीमा काम गर्ने कर्मचारी हुन्। उनीहरूले विमानस्थलबाट एकपटक सुन पास गराएबापत एक लाख ६० हजार रुपैयाँ बुझ्थे।

उक्त रकम जिम्मेवारीअनुसार आपसमा बाँडफाँट गर्थे। भन्सारका अनुसार विमानस्थलभित्र तस्करीको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा बस्नेतले लिएका थिए। उनैको निर्देशनअनुसार विमानस्थलका अन्य कर्मचारी तस्करीमा खटिन्थे।

बस्नेतको मीनबहादुरसँग चिनजान थियो। उनलाई मीनबहादुरले नै सुन तस्करीको प्रस्ताव गरेका थिए। प्रतिट्रिप एक लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने भनेपछि उनले मीनबहादुरको प्रस्ताव मानेका थिए। स्वयं मीनबहादुरले भने नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाएबापत तस्करको मुख्य नाइकेबाट प्रतिटिप एक लाख रुपैयाँ बुझ्थे।

सुन बोक्न प्रयोग गरिएका भरिया चन्द्रबहादुर र कृष्णकुमारले भने प्रतिटिप ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म बुझ्थे। भन्सारका अनुसार उनीहरूलाई दुबईबाट सुन पठाउने भारतीय नागरिक अमित अग्रवाल हुन्। उनी दुबई बस्ने गर्छन्। भारतमा उक्त सुन गुरु नाम गरेका व्यक्तिले बुझ्ने गर्छन्। भन्सारका अनुसार उनको सम्बन्धमा हालसम्म थप विवरण खुल्न सकेको छैन।