Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 22, 2023 समाज

ईपीएस: सीप बिल्डिङमा फेल भएकालाई फाराम भर्न दिने विषयमा छलफल हुँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ६, काठमाडौँ | सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस काेरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ। उच्च अदालत पाटनकाे आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको हो।

कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा एचआरडी काेरियासँग छलफल गरिने बताए।

हालै खुलेकाे उत्पादनमूलक क्षेत्रका लागि यसअघि सीप विल्डिङकाे परीक्षामा आवेदन दिएर फेल भएकाहरूले सहभागी हुन नपाउने भन्ने थियो। त्यसकाे विराेधमा उनीहरू विरोध प्रदर्शन गर्नुका साथै उच्च अदालतमा मुद्दा दायर गरेका थिए। बिहीबार उच्च अदालतले उनीहरूलाई पनि आवेदन फाराम भर्न दिन आदेश दिएको थियो।

उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्ने म्याद आज राति १२ बजेसम्म मात्र छ। हिजो मात्रै अदालतको आदेश आएपछि अब कसरी उनीहरूलाई फाराम भर्न दिने विषयमा छलफल गरिने निर्देशक सुवेदीले बताए।

´अदालतको आदेश हात परेपछि छलफल गर्छाैँ। यसमा पछि उनीहरूलाई मात्रै भर्न दिने गरि आवेदन खुला गर्न सकिन्छ । त्यसमा छलफल गरेर निर्णय गर्छाै,` सुवेदीले भने।