२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

२०८०, २१ पुष शनिबार ०३:१४

पुस २१, टीकापुर | कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ । 

वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिए । “घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन् । उनीहरुसँग बोलिदिने व्यक्ति छैन”, उनी भन्छन्, “सन्तानको समय नपाएका ज्येष्ठ नागरिकलाई हामीले १० दिन भए पनि मनोरञ्जनसहित ज्ञान सिकाउने अवसर जुटाएका छौँ ।” 

योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउछन्। “बालबालिका मोबाइल र कापी किताबमा व्यस्त रहन्छन्, युवा अधिकांश विदेश छन्, ज्येष्ठ नागरिकसँग बोल्ने कोही छैन”, आर्य भन्छन्, “ज्येष्ठ नागरिक घरको काम गर्ने तथा घर स्याहार्ने जिम्मेवारीमा छन् । यस्तो बेला उनीहरुलाई मानसिक तनाव हुन थालेको छ ।” योग प्रशिक्षक आर्यले उनीहरुलाई मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने बताए। 

वृद्ध सेवा समितिका सचिव लोकराज रेग्मीले ज्येष्ठ नागरिक ज्ञानका भण्डार भए पनि उनीहरुमा भएको सीप र ज्ञानको सदुपयोग हुन नसकेको बताउछन्। “ज्येष्ठ नागरिकबाट सन्तानले धेरै कुरा लिएका हुन्छन् । ज्येष्ठ नागरिकको उमेर ढल्कदै जाँदा बच्चाजस्तै स्याहार सुसार र पालन पोषणमा ध्यान दिनुपर्ने हुन्छ तर सन्तानले त्यसो गर्न सकिरहेका देखिँदैन”, उनी भन्छन्, “सन्तानले आफ्नो भविष्यकै बढी चिन्ता गर्दा उनीहरुले स्याहार नपाएको अवस्था छ ।”

बुढेसकालमा पनि सन्तानकै चिन्ता

ज्येष्ठ नागरिक बुढेसकालमा पनि सन्तानकै बारेमा बढी चिन्ता गर्छन् । जो कोहीलाई लाग्न सक्छ की वयस्क मानिस जसले बालबच्चा हुर्काइरहेको छ, जसले घर सम्हाल्नुपर्छ उसलाई बढी चिन्ता होला तर त्यसो हुँदैन । जवान मानिसलाई मात्र होइन ज्येष्ठ नागरिकलाई पनि त्यतिकै चिन्ता लाग्छ । 

टीकापुरकी विन्द्रा न्यौपानेलाई आफ्नोभन्दा  छोराछोरीको पीरले बढी सताउँछ । “छोराहरु रोजगारीका लागि भारतमा छन् । मलाई मेरो समस्याभन्दा उनीहरुकै पीरले सताएको छ”, उनी भन्छिन् “बुढेसकालमा दुःख पाइन्छ कि भन्ने पिर पनि छ ।”

टीकापुरकी उर्मिला अधिकारीलाई पनि बालबच्चाकै चिन्ता छ । ‘‘सन्तानसँगै भएमा सबै पिर हराउँछ’’, उनी भन्छिन्, ‘‘छोराछोरी टाढा छन् । अरु दुःखभन्दा मर्नेबेला सन्तान मुख निर छैनन् भन्ने कुरा मनमा खेल्छ ।’’

अर्की ज्येष्ठ नागरिक धना रावललाई निन्द्रा नलाग्ने समस्या छ । उमेर ढल्कदै छ । उनलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताएको छ । ‘‘घरमा बुढाबुढी मात्र छौँ, सबै काम आफैँ गर्नुपर्छ’’, उनी भन्छन्, ‘‘आँखा देख्दिन, ढाड दुख्ने समस्या छ । यस्तो बेलामा निन्द्रा नलाग्ने समस्याले सताएको छ । मनमा अनेकथरि कुरा खेल्छन् ।’’

नन्दकला न्यौपानेलाई जीवनभरि दुःखले झेल्यो । उनका श्रीमान बेपत्ता भएको १५ वर्ष भयो । उनलाई बुढेसकाल लाग्दै गर्दा काम गर्न नसक्दा थप समस्या भएको छ । ‘‘जवान हुँदा पनि निकै दुःख पाइयो, अर्काको घरमा काम गरेर बालबच्चा स्याहारे’’, उनी भन्छिन्, ‘‘अहिले पनि उस्तै दुःख छ । छोरा कमाउने भएको छैन । छोरा व्यवस्थित हुन सकेको भए मन शान्त हुने थियो ।’’

ज्येष्ठ नागरिकमा पनि पुरुषको तुलनामा महिला बढी समस्या भोगिरहेका हुन्छन् । एक्लोपन महसुस गर्ने ज्येष्ठ नागरिकका लागि टीकापुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने गरेको छ । महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाह पालिकाले दिवा सेवा कार्यक्रममार्फत उनीहरुको एक्लोपन मेटाउन खोजेको बताउछिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु