पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>एजेन्सी | </b>रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ। तर, सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।<br></p><p>संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान सोमवार बिहान १०:०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो।</p><p>उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए। यस विषयमा अनुसन्धान जारी छ। </p>

