२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ

२०८०, ३ माघ बुधबार ०७:२१

माघ ३, काठमाडौं | सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रुपैयाँसहित पाल्पा रम्बादेबी गाउँपालिका-३ घर भई पोखरा महानगरपालिका-१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो