Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 22, 2024 समाज

त्रिविको डाक्टर भन्दै भट्टाचार्यले गरेका थिए क्लिनिकमा काम, एकजनाको ५ सय र ७५० रुपैयाँ शुल्क

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ ८, काठमाडौं | काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा.सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ। उनले अहिलेसम्म ७ ससय जनाको उपचार गरिसकेको खुलेको छ। पक्राउपछि प्रहरी अनुसन्धानको क्रममा उक्त विषय सार्वजनिक भएको हो।

नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेर अनुस्न्धान अघि बढाएके छ। सोमबार पक्राउ परेका डाक्टरलाई प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो।

उनीले एक जना बिरामी चेक गरेबापत ५ सय रुपैयाँ लिँदै आएका थिए । यस्तै उइकेयरमा उनको परीक्षण शुल्क प्रति बिरामी ७५० रुपैयाँ छ ।

प्रहरी नियन्त्रणमा रहेका भट्टाचार्यले मानिसहरुलाई विश्वास दिलाउन त्रिवि शिक्षण अस्पतालको डाक्टर समेत भएको भन्दै नक्कली परिचयपत्र समेत देखाउने गरेका थिए। अनुसन्धानका क्रममा उनी त्रिवि शिक्षण अस्पतालमा भने कार्यरत नरहेको पाइएको छ।

‘विगत ३ वर्षदेखी काठमाडौं उपत्यकाको विभिन्न पोलिक्लिनिकहरुमा आफूले चीनबाट एमबीबीएस गरी टिचिङ अस्पतालमा काम गर्ने भनि बताई विभिन्न व्यक्तिहरुको नेपाल मेडिकल काउन्सिलको नम्बर प्रयोग गरी नेपाल चिकित्सक संघ र त्रिवि शिक्षण अस्पतालको कार्ड समेत नक्कली बनाई देखाई पोलिक्लिनिकहरुलाई भ्रममा पारी बिरामीहरुको ईलाज गरीरहेका छन् भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिइ गएको विशेष प्रहरी टोलीले निज व्यक्तिको नगरानी राखी खोजतलास गर्दै जाँदा माघ ७ गते साँझ ४ बजे नियन्त्रणमा लिइएको हो,’ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले भने।

उनीबाट नेपाल मेडिकल काउन्सिलको नक्कली रजिष्ट्रर कार्ड, त्रिवि शिक्षण अस्पतालको आईडी कार्ड समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका भट्टचार्यले आफूले चीनबाट एमबीबीएस उत्तिर्ण गरेको दाबी गरेका छन्। तर अहिलेसम्म उनले उक्त कुरा पुष्टि हुने कुनै डकुमेन्ट देखाउन सकेका छैनन्।

उनले पछिल्लो महिनादेखि नक्सालमा वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गराएको बताएका छन्। धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको उपचार गराएको उनले बताएका छन्। उनले आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्ट बताउँदै आएका थिए।