Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 23, 2024 समाज

बेहोस भएपछि अस्पताल पुर्‍याइएका ग्लेन म्याक्सवेलको घटनाबारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान गर्दै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ९, काठमाडौँ | क्रिकेट अस्ट्रेलियाले आफ्ना प्रभावशाली अलराउन्डर ग्लेन म्याक्सवेल संलग्न रहेको घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार, ३५ वर्षीय म्याक्सवेललाई लडेर बेहोस भएको अवस्थामा उपचारका लागि अस्पताल पु-याइएको थियो ।

समाचारमा जनाइए अनुसार, उक्त घटना जनवरी १९ तारिखमा एडलेइडमा भएको थियो । उनी एडलेइटमा भएको एउटा साङ्गीतिक कार्यक्रममा भएका थिए । सोही कार्यक्रमका क्रममा म्याक्सवेल बेहोर भएर लडेका थिए ।

म्याक्सवेलसँगै त्यो साङ्गीतिक कार्यक्रममा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट ली र शेन ली पनि उपस्थिति थिए । यसका अतिरिक्त उनीहरूसँगै वेस्ट इन्डिजका केही खेलाडी पनि उक्त कार्यक्रममा सहभागी भएको दाबी समाचारमा गरिएको छ । म्याक्सवेलले मदिरा सेवन गरेको दाबी पनि गरिएको छ ।

म्याक्सवेल दिउँसो गल्फको एक कार्यक्रममा सहभागी भएर साङ्गीतिक कार्यक्रममा पुगेका थिए । वेस्ट इन्डिजविरुद्धको पछिल्लो एक दिवसीय खेलका लागि म्याक्सवेललाई टोलीमा समावेश गरिएको थिएन । ‘क्रिकेट अस्ट्रेलियाले उक्त घटनाको छानबिन गरिरहेको छ । म्याक्सवेल त्यहाँ कसरी पुगे भन्ने कुरा पनि हाम्रा लागि चासोको विषय बनेको छ,’ क्रिकेट अस्ट्रेलियाले मंगलबार भनेको छ ।