पढ्न करिब 1 मिनेट लाग्छ

माघ ११, काठमाडौँ | चर्चित क्योटो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको यो घटनामा ३६ जनाको मृत्यु भएको थियो ।

एनएचकेका अनुसार सिन्जी आओबामाथि प्रहरीले हत्या र आगजनीको मुद्दा दायर गरेको थियो । आओबाले स्टुडियोमाथि आफ्नो काम चोरी गरेको आरोप लगाउँदै आफूले इन्धन छर्केर स्टुडियोमा आगजनी गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी करार गरेको हो ।

आगलागीको समयमा तीन तले भवनमा दर्जनौँ मानिस काम गरिरहेका थिए । आगो यति चाँडो फैलियो कि धेरैले त्यहाँबाट भाग्न समय पनि पाएनन् । मारिनेमा सबै त्यहाँका कामदार थिए । घटनामा थप ३२ जना घाइते भएका थिए । आफ्नो फैसला सुनाउँदै न्यायाधीश केसुके मासुदाले आओबाको अपराधलाई ‘अमानवीय’ भएको बताए ।