Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 1, 2024 समाज

मेस्सीको मायामी र रोनाल्डोको अल-नासर आमनेसामने हुँदै, रोनाल्डोले खेल गुमाउने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८, काठमाडौँ | लामो समययता प्रतिक्षा गरिएको इन्टर मायामी र अल-नासरबीचको खेल आज राति हुँदै छ । लियोनल मेस्सी आवद्ध मायामी र क्रिस्टियानो रोनाल्डो आवद्ध अल-नासरबीचको खेल नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

विश्वभरका दर्शकले एकपटक फेरि किङडम एरिना स्टेडियमा मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा हेर्न चाहेका थिए । मेस्सी र रोनाल्डोको सम्भावित अन्तिम भिडन्त मानिएको यो खेललाई द लास्ट डान्स नाम पनि दिइएको थियो ।

यद्यपि, क्रिस्टियानो रोनाल्डो घाइते भएकाले यो खेलमा उनी अनुपस्थित हुने भएका छन् । त्यसैले अल-नासर क्लब रोनाल्डोबिनै मायामीविरुद्ध मैदानमा उत्रिनेछ । रोनाल्डोको खुट्टाको काल्फमा इन्जुरी देखिएको मार्काले जनाएको छ ।

यसअघि गत हप्ता रोनाल्डो घाइते भएकै कारण अल-नासरको चीन भ्रमण स्थगित भएको थियो । रोनाल्डोलाई आराम दिएर मायामीविरुद्ध मैदानमा उतारिने अपेक्षा थियो । पूर्ण रूपमा ठीक नभएपछि रोनाल्डोले मायामीविरुद्धको खेल पनि गुमाउने भएका हुन् ।

योसँगै मेस्सी र रोनाल्डोलाई एउटै मैदानमा हेर्ने फ्यानहरूको चाहना अधुरै बनेको छ । रियाद सिजन कप खेल्न इन्टर मायामी हालै साउदी भ्रमणमा आएको हो । यसअघि पहिलो खेलमा इन्टर मायामी नेमार जुनियर आवद्ध साउदी क्लब अल-हिलालसँग ४-३ गोलअन्तरले पराजित भएको थियो ।