Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 5, 2024 समाज

पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको भन्दै राप्रपाका उपाध्यक्षविरुद्ध उजुरी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् ।

अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गरेर उनले बुझाएको पत्रमा पार्टीको सिद्धान्त विपरीत पौडेलले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको उल्लेख छ ।

पौडेलले पार्टी विधानको प्रस्तावनामा नै आघात पुग्ने गरी एक अन्तरवार्तामा बोलेको र त्यसले राप्रपाको आस्था र विश्वासमाथि नै आघात पुगेको उजुरीमा उल्लेख छ ।

‘प्रतिकुलका अभिव्यक्ति दिने छुट कुनै पनि तहमा रहेका नेता तथा कार्यकर्ताहरूलाई हुँदैन । यो पार्टी अनुशासन विपरीतको काम हो। यस्तो अनुशासनहीन अभिव्यक्ति दिने, गैरजिम्मेवारपूर्ण कार्य गर्ने, भ्रामक प्रचार गर्ने, पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई अनुशासन समितिबाट अनुशासनको हदैसम्म कारबाही गर्न तथा निजलाई भविष्यमा पार्टीको कुनै पनि तहको जिम्मेवारी समेत नदिने गरी कारबाही गर्न माग गर्दै यो निवेदन पेस गरेको छु’, रिमालको निवेदनमा भनिएको छ ।

रिमालले आफूले समितिका सदस्य सचिव राजु बस्नेतलाई उजुरी बुझाएको भन्दै पार्टीको सिद्धान्त विपरीत लाग्ने छुट कसैलाई नभएको बताए ।