पढ्न करिब 1 मिनेट लाग्छ

माघ २३, काठमाडौँ | मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्याामकृष्ण शाह र उनकी श्रीमतीले सम्पत्ति सुद्धिकरण मुद्दामा सफाइ पाएका छन्। परदेशी र उनकी श्रीमती मन्जुदेवीले विशेष अदालतबाट सफाइ पाएका हुन्।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार परदेशी र उनकी पत्नी मन्जुदेवीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले सर्लाहीको कविलास नगरपालिका–२ का ठेगना भएका परदेशी र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै २०७९ साउन २५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

सोझासिधा जनतालाई झुक्याएर चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणसम्म बढीको कागज गराउने परदेशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको थियो भने सम्पत्ति शुद्धीकरण विभागले उनकी पत्नी मन्जुदेवीलाई पनि प्रतिवादी बनाएको थियो। श्रीमतीलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको थियो। उनीहरु दुवै जनाले सम्पत्ति शुद्धीकरण मुद्दाबाट सफाइ पाएका हुन्।