Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 9, 2024 समाज

मोटरसाइकल रोकिएको ठेलामा ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २६, धनगढी | </b>कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ।<br></p><p>धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो।</p><p>दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>