पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २८, काठमाडौँ | </b>काठमाडौँको गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४५ वर्षीय प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।<br></p><p>हत्यामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । आरोपी दोलखाका स्थानीय हुन् ।</p><p>पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।</p>

