Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 11, 2024 समाज

राष्ट्रिय क्रिकेट टिमबाट हेमन्तको डेब्यू पक्का !

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २८, काठमाडौँ | तीव्र गतिका बलर हेमन्त धामीले क्यानडाविरुद्ध तेस्रो ओडीआई खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गर्ने पक्कापक्की जस्तैछ । घरेलु टोली नेपालले सुरुवाती दुई खेल ७ रन र ४ विकेटले जित्दै सिरिज एक खेल अगावै जितेको छ । अन्तिम खेलमा अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदै नेपालले हेमन्तलाई डेब्यू दिने सम्भावना देखिन्छ ।

शनिबार दोस्रो ओडीआई खेलमा जितपछि नेपालका कप्तान रोहित पौडेलले हेमन्तलाई डेब्यू दिने संकेत दिई सकेका छन् । ‘सबैलाई अवसर दिने हाम्रो मानसिक सोच क्लियर (स्पष्ट) थियो । विशेषगरि यो सिरिजमा हामी नेपाल टिमलाई विकास गर्ने सोचका साथ आएका थियौं । आशावादी छु आउने खेलमा हेमन्तले पनि डेब्यू गर्छ’, रोहितले भने । त्यसैमा उनले थपे, ‘सबैलाई अवसर दिन एकदमै जरुरी पनि छ जस्तो लाग्छ । लिग २ हाम्रो महत्वपूर्ण खेल हो । त्यसअघि हामी यस सिरिजमा परिक्षण गर्न सक्छौं ।’

खेल लगत्तै हेमन्तले त्रिवि क्रिकेट मैदानमै बलिङ अभ्यास पनि गरेका थिए । सहायक प्रशिक्षक बसन्त शाहीले उनलाई मैदानमा अभ्यास गराएका थिए । हेमन्त पावर प्लेमा नयाँ बलका साथ इनस्विङग बलका लागि चिनिन्छन् ।

खुट्टामा चोटका कारण दुर्भाग्य

उनले यू–१९ विश्वकप भने अन्तिम समयमा गुमाउन पुगेका थिए । गतवर्ष यू–१९ विश्वकप एसिया क्षेत्र छनोट र एसीसी प्रिमियर कपको उपाधि नेपाललाई जिताउन हेमन्तले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हेमन्त आगामी दिनमा ठूलो सम्भावना बोकेका खेलाडीको रुपमा हेरिएको छ ।

क्यानडाको सिरिजमा नेपालले तीव्र गतिका बलर आकाश चन्द, रिजन ढकाल र स्पिनर सूर्य तामाङलाई डेब्यू गराइसकेको ।

सूर्य र रिजनलाई पहिलो खेल तथा दोस्रो खेलमा आकाशलाई डेब्यू दिएको थियो ।

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नु अघि तयारी स्वरुप क्यानडासँग एक दिवसीय शृंखला खेलेको हो ।