Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 14, 2024 समाज

भोलिदेखि मौसममा सुधार हुने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, काठमाडौँ | भोलि बिहीबारदेखि मौसममा सुधार हुने पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए।

उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानांगले जानकारी दिए।

अहिले संघीय राजधानी काठमाडौंसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उहाँका अनुसार मधेश प्रदेशका एक–दुई स्थान तथा काठमाडौंका केही स्थानमा छिटपुट वर्षा भएको छ।

आज रातिको समयमा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। अहिले काठमाडौंको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ।