Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
February 19, 2024 समाज

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला

By साझासवाल 1 मिनेट पढाइ

फागुन ७, काठमाडौँ | काठमाडौंमा एक महिलाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।