२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मूर्ती बिसर्जन भए पनि रौतहट र वीरगञ्जमा कर्फ्यू यथावत

२०८०, ८ फाल्गुन मंगलवार ०३:३८

फागुन ८, रौतहट | भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ। उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ। 

पर्साका सिडियो दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ।

वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यू अवधिभित्रै विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्। तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ। त्यसैगरी उक्त क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन्। 

ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत सनिबार दुई पक्षीय सहमति भएको थियो।

सहमती अनुसार  मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुनेगरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए। कर्फ्यू अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो।

सिडिओ रेग्मीले एक सूचना जारिगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मासमेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारिभएको कर्फ्यू हालसम्म यथावत छ |

मधेश प्रदेश नेपाल प्रहरी संगठन प्रमुख डिआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति बिसर्जन गर्ने काम भएको छ। हाल अवस्था सामान्य हुँदै गएको छ। पूर्ण रुपमा सामान्य भएपछि क्रमसः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए। त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन