Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 5, 2024 समाज

अर्धसतकबाट चुके आसिफ, ४७ रनम आउट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

आसिफ शेख ४७ रनमा आउट भए। १४ औँ ओभरको चौथो बलमा आसिफ एलबीडब्लु धरापमा परेका थिए। नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय २७ रन जोडेको छ।

पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे। गुल्सन २९ रनमा खेल्दैछन्।

नेपालका रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए।