Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 19, 2024 समाज

अनलाइन क्यासिनो गेम खेलाउने तीन युवतीसहित चार पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ६, काठमाडौँ | क्यास एप, फायरकिरिन एप लगायत विभिन्न एपमार्फत अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाएको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं चावहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई सोही स्थानमा बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई काठमाडौं बेसीगाउँ बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

उनीहरुको साथबाट अनलाइम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप तथा ११ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।