२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धनगढीका मेयरले उजुरी दिएका युवक विष सेवन गरेको अवस्थामा भेटिए

२०८०, ६ चैत्र मंगलवार ०८:३२

चैत ६, काठमाडौँ | छलफलका लागि भन्दै धनगढी उपमहानगरपालिका कार्यालय ल्याइएका एक युवक मंगलबार बिहान गम्भीर अवस्थामा भेटिएका छन् ।

मंगलबार बिहान करीब साढे १० बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानालाई उपमहानगरपालिका कार्यालय परिसरमा विष सेवन गरेको अवस्थामा उद्धार गरेको सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।


प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दका रानाले आफू छलफलका लागि आउन तयार रहेको बताएका थिए ।

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान आफूलाई नगर प्रहरी बताउने सादा पोशाकका केही युवाले मेयरसँग छलफल गर्न भन्दै लिएर गएका थिए । ‘बिहान ८ बजे उनीहरुले तपाईको छोरालाई हामी लग्दैछौँ भनेका थिए । घरबाट राम्रै पठाएको थिएँ’, उनले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुर्‍याइएको छ ।’

तर नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भूपेन्द्र खड्काले भने रानालाई नियन्त्रयणमा नलिएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ