Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 21, 2024 समाज

प्रलोभनमा परी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ८, काठमाडौँ | मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-८ घर भइ हाल पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन्।

काठमाडौंबाट पोखरामा साथी भेट्न जाने क्रममा उनले आफूसँगै सिट परको युवतीलाई विभिन्न प्रलोभन पारेर नजिक बनाएका थिए। उनले युवतीलाई 'आफू अविवाहित रहेको, तिमी मलाई मन पर्‍यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मृगौलाको उपचार गर्ने मैले डाक्टर चिनेको छु' भनेर बुटवल पुर्‍याएका थिए। उनले बुटवल पुर्‍याएर ती युवतीसँग विवाह गरेका थिए।

उनले आफन्तहरुबाट सापट मागेर युवतीको बहिनीको उपचारका लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु भनेर ६ लाख रुपैयाँ लिएका थिए। विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटक पटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याएकोमा चेलिबेटी बेचबिखन विरुद्ध संस्थामा कार्यरत महिलाहरुले बेचबिखनमा पर्न सक्ने जानकारी गराएपश्चात नेपाल फर्की आएको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भक्तपुरको दुधपाटीबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता गौतम मिश्रले बताए।