Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 30, 2024 समाज

त्रिसुली दुर्घटना: मृतकको पहिचान खुल्यो,५ जनाको मृत्यु एक बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १७, काठमाडौँ |</b> काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधारा नजिक भएको दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा (शनिवार) आज बिहान त्रिशूली नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको थियो ।&nbsp;<br></p><p>मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, गोर्खा नगरपालिका ७ की ४१ वर्षीया&nbsp; हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् ।&nbsp;</p><p>गोरखा नगरपालिका ७ का १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>