Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 31, 2024 समाज

‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता घोषणा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, काठमाडौँ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले कथावस्तुअनुसार गफाडी प्रतियोगिता घोषणा गरेको छ । गत हप्ता सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई गफाडी पात्रको रुपमा प्रस्तुत थिए । त्यही पात्र बनेर आफ्नै बारेमा गफ दिएको बढीमा ३ मिनेटसम्मको भिडियो प्रतिस्पर्धाका लागि पठाउनुपर्नेछ ।

फिल्मको शीर्षक र प्रदर्शन मितिसहित निर्माण कम्पनी बाँसुरी फिल्मस्को युट्युब च्यानलमा सब्सक्राइब र फेसबुक पेजमा भिडियो ट्याग गर्दै इमेल पनि पठाउनुपर्नेछ । प्रतियोगितामा प्राप्त हुने भिडियोमध्ये उत्कृष्ट तीनजनाले होनर ब्रान्डका मोबाइल पाउनेछन् । त्यस्तै, सन्त्वना पुरस्कारस्वरुप ५० वटा टिकट पनि प्रदान गरिने जनाइएको छ । यही चैत २७ गतेसम्म भिडियो पठाइसक्नुपर्नेछ ।

फिल्ममा दयाहाङसहित आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको पनि अभिनय छ भने अभिनेत्री ऋचा शर्मा विशेष भूमिकामा छिन् । फिल्ममा शिवराम श्रेष्ठ र रिले एच। शेनको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ । २०६९ र ०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा मञ्चन भएको ‘डिग्री माइला’ नाटकमा आधारित भएर फिल्म बनेको हो ।