Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 31, 2024 समाज

नेपालगन्जमा युवकको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ निवासी अन्दाजी २० वर्षका अरबी खाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले जानकारी दिए।

युवकको हत्या गरिएको अवस्थामा आइतबार बिहान १० बजेतिर शव फेला परेको उनले बताए। घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी डाँगीले जानकारी दिए। मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का पुर्ववडाअध्यक्ष रञ्जित खाँको नाति भएको खुलेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक युवकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको बताइएको छ। उक्त घटना रातको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।