पढ्न करिब 1 मिनेट लाग्छ

चैत २१, काठमाडौँ । ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका कारण ८०० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । उद्दारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेको र त्यस्ता व्यक्तिको संख्या एक सयको नजिक हुन सक्ने बताएका छन् ।

यस्ता भिडियोहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ, जसमा राजधानी ताइपेईमा भवनहरू हल्लिरहेको देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार ताइवानमा पहिलो भूकम्पपछि १०० भन्दा बढी परकम्प गएका छन् । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार, यो ताइवानमा 25 वर्षमा आएको सबैभन्दा ठूलो तीव्रताको भूकम्प हो। यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो ।