Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 4, 2024 समाज

बालेनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने महानगरका कर्मचारीविरुद्ध साइबर अपराधको मुद्दा

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आक्षेप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै कर्मचारीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको छ। हाल निलम्बनमा रहेका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।

करारका कर्मचारी नियुक्तिमा किर्ते गरेको भन्दै पौडेललगायतका कर्मचारीलाई मेयर साहले निलम्बन गरेका थिए। सो प्रकरणपछि पौडेलले फेसबुकमा मेयरविरुद्ध स्टाटस लेखेका थिए। सोही आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो। पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका एक सय ६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ भनेर लेखेका थिए । स्टाटसले महानगरपालिकाविरुद्ध द्वेष फैलाएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो।

अभियोगपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा मेयर तथा कर्मचारीलगायत सिंगो महानगरपालिकाप्रति नैतिकता र शिष्टचारविरुद्धका सामग्री घृणा वा द्वेष फैलाउने उद्देश्यले महानगरपालिका र समुदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने गरी तथ्यहीन, गलत तथा भ्रामक स्टाटस लेखी महानगरपालिकाको गरिमा तथा छविमा आँच आउने पोस्ट गरी विद्युतीय कारोबारको कसुर गरेको वारदात स्थापित हुन आयो ।’ प्रहरीसँगको बयानमा पौडेलले आवेगमा आएर स्टाटल लेखेको र महानगरपालिकाविरुद्ध घृणा फैलाउने आफ्नो उद्देश्य नरहेको बताएका छन् ।

पौडेललाई मेयर साहले गत १६ पुसमा निलम्बन गरेका थिए । उनलाई सेवाबाटै हटाउन प्रदेश लोकसेवा आयोगसँग परामर्श गरेकोमा प्रदेश लोकसेवाले हटाउन नमिल्ने राय दिएको थियो । यही विषयमा मेयर साहसँग मनमुटाव हुँदा स्टाटस लेखेको पौडेलले बयानमा बताएका छन्। बयान गराएर प्रहरीले पौडेललाई हाजिरी जमानीमा छाडेको थियो। तर, अहिले सम्पर्कविहीन भएको भन्दै फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यसमा मेयर साह आफैँले भने निवेदन दिएका थिएनन्। सम्मित पोखरेलको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर टेकुले सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो। स्रोतका अनुसार बालेनकै निर्देशनमा पोखरेलले जाहेरी दिएका हुन्।

महानगरको १९ नम्बर वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा नियमविपरीत कर्मचारी भर्ना गरेको प्रकरणमा मेयर साहले पौडेल, आफ्नै सचिवालयका प्रमुख नूरनिधि न्यौपाने र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेका थिए। महानगरपालिकाले विगतकै पाँच कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेकोमा त्यसविपरीत वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरीलाई नर्समा नियुक्ति दिलाएको विषयमा उनीहरूमाथि कारबाही भएको थियो। सोही प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समेत मेयर साहले हटाएका थिए। यो घटनामा कर्मचारीहरूमाथिको कारबाही अझै टुंगिएको छैन।