Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 11, 2024 समाज

एसिसी प्रिमियर कप टी–२० क्रिकेट: नेपालको पहिलो खेल मलेसियासँग

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९, काठमाडौं | उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ। प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ। नेपालको १४ सदस्यीय टोलीमा भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन्।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ। यस समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। नेपालले ३० चैतमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। दोस्रो खेल २ वैशाखमा कतारसँग हुनेछ। हङकङसँग ३ वैशाख र साउदीसँग ५ वैशाखमा समूहको अन्तिम खेल हुनेछ।

नेपाल रहेको समूह निकै कमजोर मानिन्छ । नेपाल तुलनात्मक रूपमा समूहकै बलियो टोली हो। समूह ‘बी’मा ओमानसहित संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन्। यो समूहमा ओमान र युएईलाई उपाधि दाबेदार मानिएको छ।