पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३०, काठमाडौँ । काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १६६ मापन गरिएको छ। जस अनुसार काठमाडौँ अहिले पनि विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर मानिएको छ। जसलाई स्वास्थ्यको हिसाबले खतरायुक्त मानिन्छ।

बिहीवार भएको वर्षाले काठमाडौं उपत्यकाको धुवाँ धुलोको मात्रामा केही कमी आएपनि अझै विभिन्न स्थानमा लागेको डढेलो र स्थानीय प्रदूषणका कारण प्रदूषणको दर पूर्ण रुपले घट्न सकेको छैन।

केही दिनदेखि वायु प्रदूषणको उच्च जोखिमको स्तरमा रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण अझैपनि अस्वस्थकर नै रहेको छ।

धुवाँले छोपेको आकाशमा डढेलोको धुँवा मिसिँदा जनजीवन अझै पनि प्रभावित बनिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँको वायु प्रदूषणको दर घट्न अझै केही समय लाग्ने छ।