Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 15, 2024 समाज

एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २, काठमाडौँ । शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअघि नै फाइनलमा पुगेको छ ।

यस खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य पछाएको एपिएफले ९.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ७१ रन बनाएको थियो ।

एपिएफले ३ खेलमा सबैखेल जितेर ६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले २ खेलमा ४ अङ्क बटुलेको छ भने ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश २-२ खेल खेलेर अङ्कविहीन रहेका छन् ।